बौद्धिक र जुझारु युवा नेताको उम्मेद्वारीका साथ कम्युनिष्ट गढमा काँग्रेसको काउन्टर

फाल्गुन १७, २०८२

धादिङ  : नेपाली काँग्रेसको राजनीतिमा बौद्धिक, प्रष्ट र जुझारु छवि बनाएका युवा नेता कृष्ण रिजाल यतिबेला धादिङ क्षेत्र नम्बर १ मा चर्चाको केन्द्रमा छन् । हालसम्म काँग्रेसले विजय हाँसिल गर्न नसकेको यो क्षेत्रमा गगन थापा संगै विद्यार्थी राजनितिमा उदाएका युवा नेता रिजालको उम्मेद्वारीले काँग्रेसजनको मनोवल ह््वात्तै बढाएको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट प्रत्यक्ष तर्फका प्रत्याशी रहेका रिजाल, विद्यार्थी राजनीतिदेखि केन्द्रीय तहको नीति निर्माणसम्मको अनुभव सँगालेका एक शालिन व्यक्तित्व हुन् । वि.सं. २०३९ सालमा धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर २ मा जन्मिएका रिजालले आफ्नो प्रारम्भिक शिक्षा गाउँबाटै सुरु गरे पनि उच्च शिक्षाका लागि उनी राजधानी छिरेका थिए । उनले दर्शनशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र र कानुन जस्ता गहन विषयमा विशेष रुचि राख्दै स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् ।
रिजालको राजनीतिक यात्रा वि.सं. २०५२ सालमा संस्कृत माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) सचिवबाट सुरु भएको हो । झण्डै तीन दशक लामो राजनीतिक यात्रामा उनले थुप्रै उतारचढाव भोगेका छन् ।

वि.सं. २०५९ मा नेविसंघको जिल्ला उपाध्यक्ष र २०६० सालमा काठमाडौंको प्रतिष्ठित बाल्मीकि क्याम्पसको स्ववियु सचिव बनेर उनले विद्यार्थी आन्दोलनको सफल नेतृत्व गरे । रिजालले २०६७ सालमा तत्कालिन नेपाली कांग्रेसको क्षेत्र नं ३ को क्षेत्रीय सचिव र २०७२ सालमा क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दै धादिङमा कांग्रेसको संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०७८ सालमा महाधिवेशन प्रतिनिधि र २०८० सालमा महासमिति सदस्य चुनिएका रिजाल हाल नेपाल तरुण दलको केन्द्रीय सदस्यको रूपमा युवाहरूलाई संगठित गरिरहेका छन् ।

कृष्ण रिजाल केवल चुनावी मैदानका खेलाडी मात्र होइनन्, उनी एक बौद्धिक विश्लेषक पनि हुन् । उनले ‘विचार विशेष’ पत्रिकाको कार्यकारी सम्पादकका रूपमा काम गर्दै नेपाली कांग्रेसका ऐतिहासिक दस्तावेजहरूको संकलनमा ठूलो योगदान दिएका छन् ।
विगतमा १० वर्षसम्म प्राध्यापन पेशामा संलग्न रहेका रिजालले सामाजिक र राजनीतिक अनुसन्धानका क्षेत्रमा समेत आफ्नो दक्षता प्रदर्शन गरेका छन् । उनलाई नजिकबाट चिन्नेहरू उनलाई “निडर र प्रष्ट वक्ता“ का रूपमा व्याख्या गर्छन्, जो तर्क र तथ्यका आधारमा आफ्ना कुरा राख्न माहिर छन् ।

हुन त रिजाल पहिलो पटक प्रतिनिधि सभाको प्रत्यक्ष प्रत्याशी बनेका हुन्, तर चुनावी व्यवस्थापनमा उनी निकै अनुभवी मानिन्छन् । वि.सं. २०७० पछिका सबै स्थानीय र संसदीय निर्वाचनहरूमा उनले धादिङमा निर्वाचन परिचालनको मुख्य जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । संगठनभित्रको आन्तरिक व्यवस्थापन र विपक्षीसँगको राजनीतिक प्रतिस्पर्धामा उनी चतुर रणनीतिकार मानिन्छन् ।
धादिङ क्षेत्र नम्बर १ को भूगोल, जनजीवन र विकासका आवश्यकतालाई सूक्ष्म रूपले बुझेका रिजालले यस पटक ‘नीति निर्माणमा युवाको हस्तक्षेप र क्षेत्रको विकास’ लाई मुख्य एजेन्डा बनाएका छन् । उनी भन्छन्, ‘राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन, यो त समाज रूपान्तरणको दर्शन र सेवाको मार्ग हो ।’विगतको कम्युनिष्टको गढको रुपमा परिचित धादिङ क्षेत्र नं १ मा नेपाली काँग्रेसको उदय गराउने सक्ने नेताको रुपमा रिजाललाई हेरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती  

पञ्चायत देखि गणतन्त्रसम्मका सारथी : राजेन्द्र प्रसाद पाण्डेको ६ दशक लामो राजनितिक यात्रा

धादिङमा एमालेको गढ जोगाउने जिम्मेवारीमा भुमि त्रिपाठी

बौद्धिक र जुझारु युवा नेताको उम्मेद्वारीका साथ कम्युनिष्ट गढमा काँग्रेसको काउन्टर

सडकको गर्जनबाट सदनको यात्रामा आशिका तामाङ

यो पनि पढ्नुहोस

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती  

पञ्चायत देखि गणतन्त्रसम्मका सारथी : राजेन्द्र प्रसाद पाण्डेको ६ दशक लामो राजनितिक यात्रा

धादिङमा एमालेको गढ जोगाउने जिम्मेवारीमा भुमि त्रिपाठी

सडकको गर्जनबाट सदनको यात्रामा आशिका तामाङ