धादिङमा एमालेको गढ जोगाउने जिम्मेवारीमा भुमि त्रिपाठी

फाल्गुन १७, २०८२

धादिङ : नेकपा (एमाले) ले आगामी २०८२ को प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ मा पुनः एक पटक आफ्ना अनुभवी र प्रभावशाली नेता भुमि प्रसाद त्रिपाठीलाई चुनावी मैदानमा उतारेको छ । विद्यार्थी राजनीतिबाट खारिएर आएका त्रिपाठी धादिङ एमालमा लामो समय नेतृत्वमा रहेको ब्यक्ति हुन् ।

वि.सं. २०२२ सालमा धादिङको बेनिघाट रोराङ गाउँपालिका (साबिकको बेनिघाट गाविस) मा जन्मिएका त्रिपाठीको राजनीतिक यात्रा २०३६ सालको जनमत संग्रहताकाबाट सुरु भएको हो । आदर्श माध्यमिक विद्यालय, गजुरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य बनेर राजनीतिमा होमिएका उनी २०४९ सालमा काठमाडौंको प्रतिष्ठित नेपाल ल क्याम्पसको स्ववियु सचिव निर्वाचित भएपछि राष्ट्रिय राजनीतिको केन्द्रमा देखिएका थिए ।

त्रिपाठीले पार्टी संगठनमा करिब साढे चार दशक लामो समय व्यतित गरिसकेका छन् । २०५५ सालमा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र जिल्ला कमिटी सदस्य बनेका त्रिपाठी अध्ययन सकेर जिल्ला फर्केपछि पनि पार्टीकै राजनितिमा संगठित भए ।
२०६६ देखि २०७१ सम्म एमाले धादिङको सचिव, उपाध्यक्ष हुँदै २०७१ सालमा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका त्रिपाठीले झण्डै १२ वर्ष धादिङमा एमालेको नेतृत्व सम्हालेर जिल्लामा पार्टीलाई मजबुत बनाउन सफल भए ।

हाल उनी नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्जको भुमिकामा रहेका छन् । त्रिपाठीको संसदीय चुनावी यात्रा उतार चढावपूर्ण तर उत्साहजनक रहेको छ । संघिय संरचनामा देश गएपछि २०७४ सालको पहिलो आमनिर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट त्रिपाठीले भारी मतसहित चुनाव जितेका थिए । उनले ४९ हजार १ सय २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वनाथ रिमालले २१ हजार ७ सय ७१ मत मात्र पाएका थिए । झण्डै २७ हजारको मतान्तरले विजयी भएर उनले आफ्नो पकड प्रमाणित गरेका थिए ।

पछिल्लो २०७९ को निर्वाचनमा भने उनी तत्कालिन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेसँग पराजित भए । सो निर्वाचनमा पाण्डेले ३६ हजार १८ मत ल्याएर विजयी हुँदा त्रिपाठीले २७ हजार ९ सय ९७ मत मात्रै प्राप्त गरेका थिए ।

कानुन र राजनीतिशास्त्र दुवैमा दखल राख्ने त्रिपाठी एक बौद्धिक नेता मानिन्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा आउनुअघि र राजनीतिको क्रममा पनि उनी कानुन व्यवसायी (अधिवक्ता) का रूपमा सक्रिय रहे, जसले उनलाई नीति निर्माण र कानुनी जटिलता बुझ्न सहयोग पु¥याएको छ । विगतको संसदीय अनुभव र जिल्लाको भूगोलसँगको गहिरो साक्षात्कारका कारण २०८२ को निर्वाचनमा त्रिपाठीलाई एमालेको बलियो खम्बाको रूपमा हेरिएको छ ।गंगादत्त र दुर्गादेवी त्रिपाठीका सुपुत्र भुमि प्रसाद त्रिपाठीको परिवारमा पत्नी कल्पना उप्रेती (त्रिपाठी), एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती  

पञ्चायत देखि गणतन्त्रसम्मका सारथी : राजेन्द्र प्रसाद पाण्डेको ६ दशक लामो राजनितिक यात्रा

धादिङमा एमालेको गढ जोगाउने जिम्मेवारीमा भुमि त्रिपाठी

बौद्धिक र जुझारु युवा नेताको उम्मेद्वारीका साथ कम्युनिष्ट गढमा काँग्रेसको काउन्टर

सडकको गर्जनबाट सदनको यात्रामा आशिका तामाङ

यो पनि पढ्नुहोस

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती  

पञ्चायत देखि गणतन्त्रसम्मका सारथी : राजेन्द्र प्रसाद पाण्डेको ६ दशक लामो राजनितिक यात्रा

बौद्धिक र जुझारु युवा नेताको उम्मेद्वारीका साथ कम्युनिष्ट गढमा काँग्रेसको काउन्टर

सडकको गर्जनबाट सदनको यात्रामा आशिका तामाङ