पञ्चायत देखि गणतन्त्रसम्मका सारथी : राजेन्द्र प्रसाद पाण्डेको ६ दशक लामो राजनितिक यात्रा

फाल्गुन १७, २०८२

धादिङ : पञ्चायती व्यवस्थादेखि संघीय गणतन्त्रसम्मको राजनीतिक यात्रालाई नजिकबाट मात्र नभई नेतृत्वदायी रूपमा अगाडि बढाएका नेता हुन् राजेन्द्र प्रसाद पाण्डे । हाल नेपाली कम्युनिष्ट पार्टीमा बरिष्ठ नेता रहेका पाण्डे आगामी २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट सातौं पटक उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।

धादिङको गजुरी गाउँपालिका–२, छेवाङमा जन्मिएका पाण्डे स्व. नेत्रराज पाण्डे र स्व. मनमाया पाण्डेका पुत्र हुन् । ग्रामीण विकासमा स्नातकोत्तर (एमए) अध्ययन पूरा गरेका उनी बौद्धिक, विचारशील र अनुभवले खारिएका नेताका रूपमा परिचित छन् ।
पाण्डेको राजनीतिक यात्रा वि.सं. २०३१ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनका क्रममा उनले जेल जीवन, भूमिगत संघर्ष र राजनीतिक दमनको सामना गरे । यही संघर्षले उनलाई जनआधार भएको नेताको रूपमा स्थापित ग¥यो ।

वि.सं. २०४४ सालमा सम्पन्न जिल्ला पञ्चायत निर्वाचनमा पाण्डे धादिङ जिल्ला पञ्चायतको सभापतिमा निर्वाचित भए । सो निर्वाचनमा उनी देशभर ‘जनपक्षीय’ उम्मेदवारका रूपमा निर्वाचित हुने एकमात्र सभापति बनेका थिए । यो विजयलाई पञ्चायती व्यवस्थाभित्रै लोकतान्त्रिक चेतनाको बलियो संकेतका रूपमा लिइन्छ । राजेन्द्र प्रसाद पाण्डेको चुनावी इतिहास नेपाली राजनीतिमा विरलै देखिने खालको छ । उनी धादिङको साविक क्षेत्र नम्बर ३ (हालको क्षेत्र नम्बर १) बाट पटक–पटक निर्वाचित हुँदै आएका छन् । २०४८, २०५१ र २०५६ मा संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पाण्डे २०६४ को पहिलो संविधान सभामा पराजित भएका थिए भने २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा भने विजयी भएका थिए ।

देश संघिय संरचनामा गएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा धादिङ–१ को प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका पाण्डे २०७९ को निर्वाचनमा फेरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य चुनिएका थिए ।
२०७९ सालको निर्वाचनमा पाण्डे तत्कालिन नेकपा एसबाट उम्मेद्वार रही नेपाली काँग्रेस र माओवादीको समर्थनमा लिएर विजयी भएका थिए । उनले ३६ हजार १८ मत प्राप्त गरि नेकपा एमालेका उम्मेद्वार भुमि प्रसाद त्रिपाठीलाई ८ हजार २१ मतको अन्तरले पराजित गर्दै विजयी भएका थिए ।

पाण्डेले संघीय र प्रदेश दुवै तहमा कार्यकारी जिम्मेवारी सम्हालिसकेका छन् । २०६२÷६३ को आन्दोलनबाट संसद पुनस्थापना भएपछि १० महिना केन्द्रिय सरकारको स्थानीय विकासमन्त्री भएका पाण्डे २०७८ कात्तिक देखि देखि २०७९ पुससम्म बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीका रूपमा उनले प्रदेश सरकार सञ्चालन, नीति निर्माण, विकास योजना र प्रशासनिक सुधारमा महत्वपूर्ण भूमिका खेले ।
तत्कालीन नेकपा (एमाले) मा अञ्चल सचिव र पोलिटब्युरो सदस्यको जिम्मेवारी सम्हालेका पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) निर्माणमा निर्णायक भूमिका खेलेका थिए । हाल उनी नेकपा एस र नेकपा माओवादी केन्द्रको एकता पछि बनेको नेपाली कम्युनिष्ट पार्टीको बरिष्ठ नेता रहेका छन् ।

पाण्डेले यसपालीको निर्वाचनमा “अनुभव, विकास र सुशासन” लाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । छ दशक लामो राजनीतिक अनुभव, पटक–पटकको चुनावी सफलता र सरकार सञ्चालनको दक्षताका कारण उनलाई धादिङ–१ मा बलियो र अनुभवी प्रतिस्पर्धी का रूपमा हेरिएको छ । पञ्चायतदेखि गणतन्त्रसम्मको यात्रामा उनले देखाएको नेतृत्व क्षमताले उनलाई साँच्चै नै संसदीय राजनीतिका चतुर खेलाडीको रुपमा उभ्याएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
33%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
33%
😆
उत्साहित
33%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 3

ताजा खबर

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती  

पञ्चायत देखि गणतन्त्रसम्मका सारथी : राजेन्द्र प्रसाद पाण्डेको ६ दशक लामो राजनितिक यात्रा

धादिङमा एमालेको गढ जोगाउने जिम्मेवारीमा भुमि त्रिपाठी

बौद्धिक र जुझारु युवा नेताको उम्मेद्वारीका साथ कम्युनिष्ट गढमा काँग्रेसको काउन्टर

सडकको गर्जनबाट सदनको यात्रामा आशिका तामाङ

यो पनि पढ्नुहोस

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती  

धादिङमा एमालेको गढ जोगाउने जिम्मेवारीमा भुमि त्रिपाठी

बौद्धिक र जुझारु युवा नेताको उम्मेद्वारीका साथ कम्युनिष्ट गढमा काँग्रेसको काउन्टर

सडकको गर्जनबाट सदनको यात्रामा आशिका तामाङ