धादिङमा ५० दशमलव २९ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२

धादिङ । धादिङ जिल्लाका ५० दशमलव २९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रारम्भीक रिपोर्ट अनुसार कुल दुई लाख ७५ हजार दुई सय ८० मतदातामध्ये एक लाख ३८ हजार चार सय ४७ मत खसेको हो ।

जिल्लामा रहेको एक सय १४ मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु गरिएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ को गल्छी गाउँपालिकाको महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा र धादिङ निर्वाचन क्षेत्र नम्बर २ को सदरमुकाम धादिङबेसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गरिने जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव बहादुर गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार क्षेत्र नम्बर १ को मतपेटिका आजै राती १२ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा संकलन हुने र क्षेत्र नम्बर २ को रुवीभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका र गंगाजमुना गाउँपालिकाका मतदान केन्द्रहरुको मतपेटिका शुक्रबार दिउँसो मात्रै सदरमुकाम आइपुग्नेछ । सदरमुकाम आसपासका पालिकाहरुबाट भने मतपेटिका आजै मतगणनास्थलमा ल्याइनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङ-१ मा आशिकाको अग्रता कायम

धादिङ-२ मा पनि घण्टीकै अग्रता, पछि पर्दै रुख !

धादिङ–१ मा घन्टी चिन्हका आशिका अग्रस्थानमा

धादिङ-२ मा कांग्रेसका रमेश धमलाको अग्रता

धादिङ–२ मा रोकिएको मतगणना पुनः सुरु

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम 

धादिङ-१ मा अशिकाको अग्रता कायम, धादिङ-२ मा रोकियो

यो पनि पढ्नुहोस

धादिङ-१ मा आशिकाको अग्रता कायम

धादिङ-२ मा पनि घण्टीकै अग्रता, पछि पर्दै रुख !

धादिङ–१ मा घन्टी चिन्हका आशिका अग्रस्थानमा

धादिङ-२ मा कांग्रेसका रमेश धमलाको अग्रता

धादिङ–२ मा रोकिएको मतगणना पुनः सुरु

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम