धादिङ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ मा रुवीभ्याली र खनियाबास गाउँपालिकाको मतगणनाको पछिल्लो अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले अग्रता लिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीलाई उछिन्दै धमला अग्रस्थानमा पुगेका हुन् ।
पछिल्लो मत परिणामअनुसार कांग्रेसका धमला (रुख) ले २३१५ मत प्राप्त गरेका छन् भने उनीसँगै प्रतिस्पर्धामा रहेका राम बहादुर भण्डारी (तारा) ले २२६९ मत प्राप्त गरेका छन्।
यसैगरी बोध नारायण श्रेष्ठ (घण्टी) ले ११७९ मत प्राप्त गरेका छन् भने राप्रपाका सुरेश रिजाल ले १०३९ मत प्राप्त गरेका छन्। त्यस्तै धन बहादुर घले (सूर्य) ले ८६५ मत प्राप्त गरेका छन्।
रुवीभ्याली र खनियाबास गाउँपालिकाको मतगणना जारी रहेकाले आगामी परिणामले प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0