बोर्डकै प्रश्नपत्रबाट कक्षा ८ को परीक्षा लिँदै धादिङको बेनिघाटरोराङ
सम्बाददाता

चैत्र ११, २०८२

धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिकाले आधारभूत तहको शैक्षिक गुणस्तर सुधार्न राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा कक्षा ८ को परीक्षा सञ्चालन गरेको छ ।

पालिका स्तरीय आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षालाई थप व्यवस्थित र विश्वसनीय बनाउन गाउँपालिकाले गणित, विज्ञान र अंग्रेजी विषयमा बोर्डकै प्रश्नपत्र प्रयोग गरेको हो ।

जिल्लामै पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) को मोडलमा कक्षा ८ को परीक्षा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका शिक्षा समितिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले बताउनुभयो । शैक्षिक सुधारलाई मुख्य प्राथमिकतामा राखेर यस्तो अभ्यास सुरु गरेको हो । यसरी परीक्षा सञ्चालन गर्दा देशभरिको मूल्यांकन पद्धतिमा एकरूपता आउने र विद्यार्थीको सिकाइ उपलब्धिको वास्तविक परीक्षण हुने उहाँको भनाई छ ।

परीक्षालाई पूर्ण रूपमा निष्पक्ष बनाउन गाउँपालिकाले परीक्षा केन्द्रहरूमा अन्य विद्यालयबाट केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्ति गरिएको छ । प्रश्नपत्र बाहिरबाट ल्याइने मात्र नभई, विद्यार्थीले लेखेका उत्तरपुस्तिकाहरू समेत अन्यत्रै लगेर ‘कोडिङ’ गरी परीक्षण गर्ने व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख बोधराज पाठकले जानकारी दिनुभयो ।

शैक्षिक क्षेत्रमा गाउँपालिकाले देखाएको सक्रियताले शैक्षिक नतिजामा उत्साहजनक परिवर्तन ल्याएको तथ्याङ्कले पुष्टि गरिरहेको पाठकको दावी छ । तथ्यांक अनुसार २०८० सालको तुलनामा २०८१ सालको कक्षा ८ को नतिजामा २४ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, कक्षा १० को नतिजामा ३१ दशमलव २८ प्रतिशत र कक्षा १२ मा १० दशमलव ६२ प्रतिशतले सुधार आएको छ । तल्लो तहदेखि नै सुधार गर्ने लक्ष्यका साथ काम गरिरहेको पालिकामा कक्षा ३ को नतिजा पनि ३ दशमलव २६ प्रतिशतले बढेको छ ।

बेनिघाटरोराङका १२ वटा परीक्षा केन्द्रमार्फत यस वर्ष ४ सय ९८ जना विद्यार्थीहरू पालिका स्तरीय परीक्षामा सहभागी भएका छन् । गाउँपालिकाले परीक्षाको नतिजा चैत महिनाभित्रै प्रकाशन गर्ने गरी तयारी अन्तिम चरणमा पुर्‍याएको छ । शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले गरेको यो प्रयासले जिल्लाका अन्य स्थानीय तहलाई पनि सकारात्मक सन्देश दिएको छ । 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
सम्बाददाता