कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

राष्ट्रिय समाचार समिति

चैत्र १२, २०८२

झापा : कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ । स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको रु ५० करोडभन्दा बढीको लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’पुल, पौडी खेल्न ‘स्विमिङ’ पुल, बच्चाका लागि किड्स पुल, ‘वाटर एक्टिभिटी स्टेसन’, कृत्रिम गुफा, आकर्षक मूर्तिकलालगायत संरचनाहरू छन् ।

“अहिले ती सबै संरचना पुनः सञ्चालनमा ल्याएका छौँ”, पार्कका सञ्चालक सङ्ग्रौलाले भन्नुभयो, “पर्यटकीय विकासको सम्भावना देखेर लगानी गरेका थियौँ । कोरोना महामारीपछिको अवस्थाले बन्द गर्नुपरेको थियो । फेरि नयाँ व्यवस्थापन, सोच र आँटसहित पार्कलाई सञ्चालनमा ल्याएका छौँ । यसले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योष्दान पुर्‍याउने विश्वास लिएका छौँ ।”

सङ्ग्रौलाका अनुसार तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास र रेस्टुरेन्टका लागि सात वटा भूकम्प प्रतिरोधात्मक भवन, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा र १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल छन् । “कोरोना महामारीपछि मुलुकका कतिपय व्यवसाय बन्द भए भने कतिपय पलायन भएका छन् । आफूहरूले हार नमानी पुनरुत्थानमा लागेका छौँ”, उहाँले भन्नुभयो ।

No data was found

पार्कमा परिवारसहित आउनुभएका इलामका सुमन धितालले यहाँको भौतिक संरचना र सेवा पर्यटकमैत्री रहेको जनाउँदै बालबालिकाको मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको धारणा राख्नुभयो । यहाँका जिपलाइन र बुद्धको प्रतिमाले मन लोभ्याएको उहाँले बताउनुभयो ।

स्थानीय पत्रकार विनोद सापकोटाले निजी लगानीमा कोसी प्रदेशकै ठूलो परियोजना पुनः सञ्चालनमा आउनुले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । पार्कको स्थापनाबाट स्थानीय क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुग्ने बताउँदै उहाँले यसबाट रोजगारी सिर्जना हुने उल्लेख गर्नुभयो ।

सञ्चालक सङ्ग्रौलाले आगामी वैशाखसम्ममा रु तीन करोडको कारोबार गर्ने लक्ष्य राखिएको बताउनुभयो । पार्कमा झापा, मोरङ, इलाम जिल्लाका स्थानीय पर्यटकका साथै भारतका विभिन्न स्थानबाट बाह्य पर्यटकसमेत आउने गरेका उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कामको ज्याला रोकिँदा मजदुरको धादिङबेसीमा बिचल्ली, स्थानीयको सहारामा काट्दैछन् दशैं !

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

लागुऔषधसहित नौ जना पक्राउ

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति