युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छुः सभामुख अर्याल

चैत्र २२, २०८२

काठमाडौ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताउनुभएको छ ।सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ध्यान दिने बताउनुभएको हो ।

सभामुख अर्यालले आन्दोलनमा ध्वस्त भएका संरचना बनाउन नयाँ कानुन आवश्यक नपर्ने र आवश्यक परे नयाँ कानुन बनाएर छिटो संरचना बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले सबै राजनीतिक दल तथा सांसदहरूसँग सहकार्य र समन्वय गरी संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

लेबनान–इजरायल १० दिने युद्धविराममा सहमत

आज आमाको मुख हेर्ने दिन

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

धादिङका बोधनाराण श्रेष्ठ संसदीय सुनुवाइ विशेष समितिको सभापति निर्वाचित

यातायात व्यवसायीहरु भन्छन् : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ सरकार

के एआईले जागिर खाइदिन्छ ?

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

यो पनि पढ्नुहोस