‘गन्तव्य मध्यपुर’ अभियान सुरु  
राष्ट्रिय समाचार समिति

चैत्र २८, २०८२

 भक्तपुर : आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ ।

बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो । प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका साथ सो कार्यक्रम शुभारम्भ गरिएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशले यहाँको मौलिक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै पहिलो पटक मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई वार्षिक दुई लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा मध्यपुर थिमिका नगर प्रमुख विजय श्रेष्ठले मध्यपुर थिमि नगरलाई पर्यटकीय हबको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।

घरेलु मेलादेखि धिमे बाजा प्रतियागिता    

नगरपालिकाले आजदेखि शंखधर चोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवद्र्धन तथा बिक्री केन्द्रको उदघाटन् गरी सञ्चालनमा ल्याएको छ । यहाँ स्थानीय हस्तकला, काष्ठकला, धातुकला, लत्ताकपडा र स्थानीय उत्पादनको व्यापारिक केन्द्र बनाउन सात वटा स्टल सञ्चालनमा ल्याएको हो ।

त्यसैगरि आजै निगु पुखु अर्थात ऐतिहासिक दुई पोखरीमा खुल्ला धिमेबाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर र काभ्रेपलाञ्चोकका ३७ वटा धिमे समूहको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति