जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

चैत्र २८, २०८२

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका अधिकार खोसिए सह्य नहुने चेतावनी दिएका हुन्।

उनले वर्तमान सरकारले रचनात्मक काम गरे आफूहरूको सकारात्मक सहयोग रहने बताए। तर, संविधानमाथि छेडखानी गर्ने, राष्ट्रिय हितमा आँच पुर्‍याउने वा जनताको हक अधिकार खोस्ने गतिविधि भएमा चुप लागेर नबस्ने स्पष्ट पारे।

विशेषगरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै उनले शतर्क रहन आग्रह गरे। उनले आफूहरु संविधान संशोधनको विरोधी नभएको तर संशोधन महिला, दलित र उत्पीडित वर्गको अधिकार थप्न र संघीयतालाई बलियो बनाउनका लागि हुनुपर्ने बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

लेबनान–इजरायल १० दिने युद्धविराममा सहमत

आज आमाको मुख हेर्ने दिन

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

धादिङका बोधनाराण श्रेष्ठ संसदीय सुनुवाइ विशेष समितिको सभापति निर्वाचित

यातायात व्यवसायीहरु भन्छन् : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ सरकार

के एआईले जागिर खाइदिन्छ ?

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

यो पनि पढ्नुहोस