भोट नहाल्ने नेताहरुको खोजी भइरहेको छ : माधव नेपाल

चैत्र २८, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टीमा रहेर चुनावमा भोट नहाल्नेहरूको खोजी भइरहेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै चुनावमा साथ नदिने मान्छे कामकाजी नहुने उनको भनाइ छ ।

उनले भने, ‘चुनावको समीक्षा गरिरहेका छौँ। हाम्रा कार्यकर्ताहरूले आफ्नो जिम्मेवारी पूरा गरे कि गरेनन्, मत खसाले कि खसालेनन् रु हामीभित्रै पनि मत नदिने विरोधीको पक्षमा लाग्नेहरू रहे, यसको पनि खोजी गर्नुपर्छ । खास बेलामा साथ नदिने मान्छे कामको हुँदैन ।’

सङ्कटको बेलामा साथ नदिने मान्छे आवश्यक नभएको बताए । उनले चुनावमा सुनामी चलेको बेलामा अन्य पार्टीका अध्यक्षहरूले नजितेको भएपनि पार्टी संयोजक प्रचण्डले जित्न सफल भएको भन्दै बधाई दिए । उनले राष्ट्रिय राजनीतिमा आफूहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उनले पार्टी गम्भीर समीक्षामा रहेको भन्दै एक साताभित्र एकता समायोजनको काम टुङ्ग्याउने तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

लेबनान–इजरायल १० दिने युद्धविराममा सहमत

आज आमाको मुख हेर्ने दिन

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

धादिङका बोधनाराण श्रेष्ठ संसदीय सुनुवाइ विशेष समितिको सभापति निर्वाचित

यातायात व्यवसायीहरु भन्छन् : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ सरकार

के एआईले जागिर खाइदिन्छ ?

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

यो पनि पढ्नुहोस