एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा
सम्बाददाता

चैत २८, २०८२

काठमाडौं । एरिका गुरुङ चीनमा जारी कराँते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् । सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् ।

एरिकाले अब उपाधिका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग खेल्नेछिन् । फाइनल खेल भोलि हुनेछ । यसअघि टर्किएमा भएको कराँते वान प्रिमियर लिगमा पनि एरिकाले फाइनलमा सोफियासँगै खेलेकी थिइन् । त्यसबेला एरिका पराजित भएकी थिइन् ।

क्वाटरफाइनलमा एरिकाले स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८-० ले पराजित गरेकी थिइन् । त्यसअघि समूह चरणमा एरिकाले लगातार तीन खेल जितेकी थिइन् ।

मोन्टेनेग्रोकी जोमाना डामजानोभिचलाई २-० ले पराजित गर्दा दोस्रो खेलमा डब्लुकेएफकी मारिया मालाखाभालाई सेन्युको आधारमा पराजित गरिन् ।

मारियासँग १-१ को बराबरीपछि एरिका सेन्सुको आधारमा विजयी भएकी थिइन् । तेस्रो खेलमा जर्मनीकी जोहान्ना कानिरलाई २-१ ले पराजित गरेकी थिइन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना

भारतीय नागरिक पक्राउ

सुनचाँदी दुवैको मूल्य घट्यो

फिफा विश्वकप २०२६ : दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

यो पनि पढ्नुहोस
सम्बाददाता