सफा तथा स्वच्छमा नेपालकै पहिलो पालिका बन्यो धादिङको ज्वालामुखी
सम्बाददाता

चैत्र २९, २०८२

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ ।

नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हक र सरसफाइ सम्बन्धी रणनीतिक योजनाहरू कार्यान्वयन गर्दै ज्वालामुखी गाउँपालिकाले सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरेको हो । आइतबार ज्वालामुखी गाउँपालिका–४ ढोलामा विशेष कार्यक्रमसहित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ज्वालामुखी नेपालकै पहिलो सफा तथा स्वच्छ गाउँपालिका बनेको घोषणा गर्नुभयो ।

घोषणासभालाई सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले सरसफाइ र स्वच्छता सम्बन्धी समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याई सफा तथा स्वच्छ गाउँ अभियानलाई पूर्ण सार्थकता दिन सफल भएकोमा प्रशंसा गर्नुभयो । कार्यक्रम उद्घाटनमा मौलिक परम्परा अनुसार करुवाबाट पानी पिएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।


गाउँपालिकाका प्रत्येक घरधुरीमा सरसफाइ सुविधा, सुरक्षित खानेपानीको पहुँच र व्यक्तिगत स्वच्छता अभ्यासको पूर्ण पालना गराई सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।

“हाम्रो लक्ष्य तथ्याङ्कमा मात्र होइन, नागरिकको दैनिक जीवन र व्यवहारमै सरसफाइको संस्कृति बसाल्नु हो । सफा र स्वच्छ ज्वालामुखीको संकल्प पूरा गर्न हामीले वडास्तरबाटै सूचकहरू पूरा गरेर आएका छौं”, अध्यक्ष दनैले भन्नुभयो– “यो अभियानमा हरेक घरधुरीको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक छ । हामी सुरक्षित खानेपानी र पूर्ण सरसफाइको अधिकारलाई घर–घरमा सुनिश्चित गर्न कटिबद्ध छौँ ।”
ज्वालामुखी गाउँपालिकामा छ हजार ७९ घरधुरी छ । त्यसमध्ये पाँच हजार चार सय ३३ घरधुरी आवासको रुपमा प्रयोग भइरहेको छ । सबै घरधुरीमा सुरक्षित पानी, शौचालय, चुलोको प्रयोग भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
सम्बाददाता