धादिङमा १ अर्ब ५० करोडको लगानीमा फ्रेन्च फ्राइ उद्योग निर्माण, सभामुख अर्यालद्वारा अवलोकन

चैत्र २९, २०८२

धादिङ । धादिङ जिल्लामा करिब १ अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माणाधीन ‘फ्रेन्च फ्राइ’ उद्योगको स्थलगत अवलोकन गरिएको छ ।
प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले निर्माणाधीन उद्योगको स्थलगत अवलोकन गर्दै यसको प्रगति र भावी योजनाबारे जानकारी लिनुभएको हो । अवलोकनपश्चात् सभामुख अर्यालले युवाहरूको सक्रियतामा सञ्चालित यस्ता उद्योगहरूले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
निजी क्षेत्रको लगानीलाई सुरक्षित र मर्यादित बनाउन राज्यले थप लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै यस्ता उद्यमलाई नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग, सहजीकरण र प्रोत्साहन उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अवलोकनको क्रममा धादिङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद बोधनारायण श्रेष्ठले पनि युवा व्यवसायीहरूको आँट र लगानीको प्रशंसा गर्नुभयो । उहाँले यस्ता उद्योगको स्थापनाले स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै उत्पादन वृद्धि र आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्योगका सञ्चालक रमेश भाई अधिकारीले निर्माणाधीन आयोजनाको वर्तमान अवस्था र आगामी लक्ष्यबारे जानकारी गराउनुभएको थियो । नेपालमा लगानीकर्ताहरूले भोगिरहेका विभिन्न नीतिगत र व्यवहारिक चुनौतीहरूका बारेमा अधिकारीले सरकारको ध्यान आकृष्ट गराउनुभयो ।
उद्योग सञ्चालनमा आएपछि स्थानीय कृषिजन्य कच्चा पदार्थको खपत बढ्ने र जिल्लाको आर्थिक गतिविधिमासुधार आउने अपेक्षा गरिएको छ । श्री कला एग्रो बेस इण्डष्ट्रिज प्रा.लि. द्वारा नीलकण्ठ नगरपालिका–८ मा सञ्चालित उद्योगलाई जिल्लाको महत्वपूर्ण औद्योगिक पहलका रूपमा लिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
67%
😊
खुशी
17%
😢
दुःखी
0%
🤔
अचम्मित
17%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 6

ताजा खबर

लेबनान–इजरायल १० दिने युद्धविराममा सहमत

आज आमाको मुख हेर्ने दिन

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

धादिङका बोधनाराण श्रेष्ठ संसदीय सुनुवाइ विशेष समितिको सभापति निर्वाचित

यातायात व्यवसायीहरु भन्छन् : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ सरकार

के एआईले जागिर खाइदिन्छ ?

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

यो पनि पढ्नुहोस