यातायात व्यवसायीहरु भन्छन् : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ सरकार
सम्बाददाता

बैशाख ३, २०८३

काठमाडौ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ । इन्धनमा भारी वृद्धि भएकाले तत्काल सवारीको भाडादर वृद्धि गर्न सरकारलाई सचेत गराएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

‘अन्तर्राष्ट्रिय समस्याले इन्धनको मूल्य केही दिनमा ह्वात्तै बढेको छ, यस्तोमा सरकारले ५० प्रतिशत भन्सार कर छुट गरेकोमा त्यसलाई शत प्रतिशत पुर्‍याउन वा अन्य विकल्प खोज्न माग गरेका हौँ’ उपाध्यक्ष सिटौलाले भने ।

सरकारले यसअघि २५ चैतमा मात्रै सार्वजनिक यातायात तथा ढुवानीका सवारीको भाडादर समायोजन गरेको थियो । नियमित हेरफेरका क्रममा पछिल्लो भाडादर समायोजन भएकाले इन्धनमा आएको भारी वृद्धिका कारण अहिले फेरि समायोजनको माग गरिएको उनले बताए ।

तत्काल वैकल्पिक उपाय वा समायोजनमा नगए सेवा दिन नसक्ने भन्दै उनले सरकारलाई चेतावनी समेत दिए । यसबारे बिहीबार महासंघले विज्ञप्ति जारी गर्दै फेरि भाडा समायोजन गरिदिन वा मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

यस्तै, विषम परिस्थितिको मूल्यांकन गर्दै देश भरी सेवा सञ्चालन गर्ने महासंघ सदस्यलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न पनि विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।

‘नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटक-पटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन यसै प्रेस विज्ञप्तिमार्फत जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
सम्बाददाता