लेबनान–इजरायल १० दिने युद्धविराममा सहमत
सम्बाददाता

बैशाख ४, २०८३

काठमाडौं । लेबनान र इजरायल १० दिनको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसको घोषणा गर्दै यो ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्तापछिको उपलब्धि भएको बताए ।

यो अवधि दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’ मानिएको छ । उल्लंघन नभए स्थायी शान्तिको बाटो खुल्न सक्ने संकेत गरिएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा जोसेफ औन र बेन्जामिन नेतन्याहूसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै “यो मेरो १०औँ युद्ध समाधान हुनेछ” दाबी गरेका छन् ।

युद्धविराम बिहीबार रातिदेखि लागु भएको छ । यसअघि वासिङ्टनमा दुवै देशका प्रतिनिधिबीच भेटवार्ता भएको थियो, जुन सन् १९८३ पछिको पहिलो महत्त्वपूर्ण सिधा संवाद हो । ट्रम्पले दुवै नेतालाई ह्वाइट हाउस निमन्त्रणा गर्ने बताएका छन् ।

लेबनानका राष्ट्रपति जोसेफ औनले ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रमा स्थायी स्थिरताका लागि प्रयास गरिरहेको बताए । राष्ट्रपति औनले स्थायित्वका लागि प्रयास जारी राख्ने बताएका छन् । लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्वक हतियार त्याग्न मनाउने प्रयास गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
सम्बाददाता