बालेन मन्त्रिपरिषद्‌का दुई मन्त्रीले महिना दिन नपुग्दै गुमाए मन्त्रीपद

बैशाख ९, २०८३

काठमाडौ । सरकार गठन भएको एक महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्‌का दुई मन्त्रीले पद गुमाएका छन् ।

मन्त्री पद सम्हालेको दुई हप्तामा चैत २६ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह बर्खास्तीमा परेका थिए भने गृहमन्त्री सुधन गुरुङले २७ दिनमा पद छाड्नु परेको छ ।

विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएपछि गृहमन्त्री गुरुङले बुधबार प्रधानमन्त्री बालेनसमक्ष राजीनामा बुझाएका हुन् । दुई दिनअघि नै उनको विवाद बाहिर आएको भए पनि ढिला गरी उनले राजीनामा बुझाएका हुन् ।

गुरुङ विवादमा परेपछि प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेले बुधबार विहानै राजिनामा दिन भनेका थिए । सुदनले दिउसो मात्रै राजिनामा दिएका हुन् । गुरुङले प्रधानमन्त्री शाहलाई मन्त्रिपरिषद् कार्यालय नै पुगेर राजीनामा दिएका हुन् । उनले राजीनामा दिएपछि शाह आफैँले तत्कालका लागि गृहमन्त्रालय राखेका छन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बालेन मन्त्रिपरिषद्‌का दुई मन्त्रीले महिना दिन नपुग्दै गुमाए मन्त्रीपद

पदभार सम्हालेको २६ दिनमै गृहमन्त्रीबाट बिदा सुदन गुरुङ

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा : देवताको रक्षार्थ खुसीयालीको पर्व  

गाँजा र चरेशसहित तीनजना पक्राउ

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

यसरी फेरिदैछ रुपाको रुप   

यो पनि पढ्नुहोस