फेरि बढ्यो प्रदूषण, काठमाडाैं बन्यो विश्वकै दोस्रो प्रदूषित शहर

बैशाख १०, २०८३

काठमाडौं । आज विश्वको सबैभन्दा प्रदूषित शहरहरूमध्ये दोस्रो बनेको छ ।

स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडाैं दोस्रो नम्बरमा परेको हो ।

उक्त संस्थाका अनुसार बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१३ अंक पुगेको छ । यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो ।

काठमाडाैंसहित आसपासका क्षेत्रमा पनि प्रदूषण बढेको छ । प्रदूषित शहरको सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर छ, जहाँ एक्यूआई ३ सय ८२ मापन गरिएको छ ।
वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या हुनुका साथै आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्या बढ्ने खतरा उच्च हुन्छ । विज्ञहरूले अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र बालबालिका, वृद्ध तथा दीर्घरोगीलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध

सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै धादिङबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पर्यटक अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

फेरि बढ्यो प्रदूषण, काठमाडाैं बन्यो विश्वकै दोस्रो प्रदूषित शहर

बालेन मन्त्रिपरिषद्‌का दुई मन्त्रीले महिना दिन नपुग्दै गुमाए मन्त्रीपद

पदभार सम्हालेको २६ दिनमै गृहमन्त्रीबाट बिदा सुदन गुरुङ

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

यो पनि पढ्नुहोस