सूर्यज्योती लाइफको १८औँ वार्षिकोत्सवः धादिङमा शुभकामना आदानप्रदान

बैशाख ११, २०८३

धादिङ । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औँ वार्षिकोत्सवका अवसरमा धादिङ शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरी उत्सव मनाएको छ ।

आफ्ना सेवाग्राही, अभिकर्ता तथा सरोकारवालाहरूबीच खुसी साटासाट गर्दै वार्षिकोत्सव मनाएको हो । कम्पनीको व्यावसायिक सफलता र सेवा विस्तारको यात्रालाई थप उचाइमा पु¥याउने संकल्पसहित अघि बढेको शाखा प्रमुख जीवन सिलवालले बताए ।

सूर्यज्योतीले देशभर १ लाख ७ हजार भन्दा बढी अभिकर्तामार्फत सेवा दिइरहेको छ । १७ प्रकारका बीमा योजना र ३५ प्रकारका घातक रोगको उपचार सुविधाले गर्दा सूर्यज्योतीप्रति जनविश्वास बढ्दै गएको सिलवालले बताए ।

धादिङ शाखाले जिल्लामा बीमाको पहुँच विस्तार गर्न र नागरिकलाई आर्थिक सुरक्षाको दायरामा ल्याउन प्रशंसनीय भूमिका खेलेको भन्दै कार्यक्रममा सहभागीहरुले सूर्यज्योतीको प्रशंसा गरेका छन् । सहभागीहरूले बीमा क्षेत्रलाई अझ प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङमा व्यवसाय संवर्द्धन तालिम सुरु

सूर्यज्योती लाइफको १८औँ वार्षिकोत्सवः धादिङमा शुभकामना आदानप्रदान

डढेलोसँगै वायु प्रदूषणमा पनि वृद्धिः काठमाडौं पहिलो प्रदूषित सहर

पूर्वाधार निर्माणका कानुनी जटिलता फुकाउन कार्यदलको सक्रियता

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ शुरु स् कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड

यो पनि पढ्नुहोस