धादिङ । धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा तीन महिनासम्म सञ्चालन हुने ‘व्यवसाय संवर्द्धन सेवा अभिमुखीकरण तालिम’ आजबाट सुरु भएको छ ।
स्थानीय स्तरमा उद्यमशीलता विकास गरी साना तथा मझौला व्यवसायलाई प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सुरु भएको यस तालिमको संघका अध्यक्ष रामकुमार डल्लाकोटीले उद्घाटन गर्नुभयो ।
तालिममा १५ जना सहभागी छन्, जसलाई व्यवसाय सुरु गर्ने आधारभूत ज्ञान, व्यवस्थापन, वित्तीय अनुशासन र बजारीकरण सम्बन्धी व्यावहारिक सीप प्रदान गरिनेछ । उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी, उद्योग कार्यालयका प्रमुख चुडामणी पुरी लगायतका वक्ताहरूले तालिमको औचित्यमाथि प्रकाश पार्दै प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
सहभागीहरूले यस तालिमबाट कृषि, आरन, गलैंचा उत्पादन लगायतका क्षेत्रमा व्यवसाय विस्तार गर्न सहयोग पुग्ने अपेक्षा राखेका छन् । तालिमको समापनपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै व्यावसायिक कार्ययोजना निर्माण र लगानीकर्तासँगको समन्वयमा संघले निरन्तर सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
