धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीको घरदैलोमा नै राहदानी पु¥याउन सुरु गरेको छ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा अनुरुप जिल्ला प्रशासन कार्यालय धादिङले जिल्ला हुलाक कार्यालय मार्फत सेवाग्राहीको घरदैलोमा राहदानी पु¥याउने कामको थालनी गरेको हो ।
जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालय बीच सेवाग्राहीको घरदैलोमा राहदानी पु¥याउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै सेवा सुरु भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयो । बजार क्षेत्रमा सोही दिन र सदरमुकाम रहेको नगरपालिकाभित्र ३ दिनभित्र र अन्य स्थानहरुमा डाँक सेवा मार्फत नागरिकको घरदैलोमा राहदानी पु्¥याउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
बैशाख ७ गतेपछि आवेदन दिएका सबै राहदानी सेवाग्राहीहरुको चाहना र आवश्यकता अनुसार घर घरमा पु¥याइनेछ । ‘राहदानीको लागि आवेदन दिने क्रममा सेवाग्राहीसँग आफ्नो पालिकाभित्र राहदानी बुझ्ने ठेगाना र सम्पर्क नम्बर जिल्ला प्रशासन कार्यालयले लिइराख्ने र राहदानी बनेर आएपछि त्यही ठेगानामा राहदानी पु¥याइनेछ’, प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो ।
यस सेवाले जिल्लाका विकट क्षेत्रहरूबाट पासपोर्ट लिन सदरमुकामसम्म आउनुपर्ने बाध्यता हट्नेछ । ‘राहदानी बनाउन बायोमेट्रिकका लागि सेवाग्राही प्रशासन कार्यालय आउनै पर्ने भए पनि, राहदानी तयार भइसकेपछि भने घरमै पु¥याउँदा उनीहरूको समय र खर्च बचत हुन्छ । अहिले तत्कालका लागि स्थायी ठेगाना र जिल्ला प्रसाशनबाट लिने व्यवस्था छ ।
जिल्लाको सदरमुकाममा सोहि दिन, नीलकण्ठ नगरपालिकामा तीन दिन र अन्य स्थानीय तहहरुमा डाँक ढुवानी तालिका बमोजिम पालिका हुलाक कार्यालयमा पु¥याई सक्दो चाँडो सेवाग्राहीको हातमा पार्ने जिल्ला हुलाक कार्यालय धादिङका हुलाक अधिकृत नारायण प्रसाद पोखरेलले बनाउनुभयो । यो व्यवस्था लागू भएसँगै सेवाग्राहीले सदरमुकाम धाउनुपर्ने, लामो लाइन बस्नुपर्ने, बिचौलियामा निर्भर हुनुपर्ने तथा पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।