अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत नेपाल आउँदै छन् । राष्ट्रपति ट्रम्पका मध्य र दक्षिण एसियाली मामिला हेर्ने विशेष दूत सर्जिओ गोर आज काठमाडौं आउन लागेका हुन् ।
ट्रम्पका निकट सहयोगी मानिने गोर भारतका लागि राजदूत पनि हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गोरले दुई जना मन्त्री भेट्ने कार्यक्रम तय भएको छ।
गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग भेट्नेछन् । बिहीबार दुई मन्त्रीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0