राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

बैशाख १७, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एउटा अध्यादेश जारी गरेका छन् । सरकारले ६ वटा अध्यादेश सिफारिस गरेपनि राष्ट्रपति पौडेलले आज सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ मात्र जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाँकी ५ अध्यादेश अध्ययनकै क्रममा रहेको भन्दै होल्ड गरिएको छ । संवैधानिक परिषद्, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेशबारे राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्दैछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

ट्रम्पका विशेष दूत नेपालका दुई मन्त्री भेट्दै

दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम

सुनचाँदीको मूल्यमा केही गिरावट

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस