काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून भन्ने चाहना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा मंगलबार स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले विद्यार्थीले नेताको भीडबाट होइन राजनीति नसिकून् भनेका हुन् ।
‘विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून्, नेताको भीडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन । हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीतिस कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन ।’
‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्– विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो । वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका स्लिपर सेल बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो,’ प्रधानमन्त्री बालेनले फेसबुक स्ट्याटसमार्फत भनेका छन् ।