कालंगा हाइड्रोले जेठ ८ देखि आइपिओ बिक्री गर्ने

बैशाख २२, २०८३

काठमाडौं । सर्वसाधारणका लागि कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रूपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रूपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले १ लाख ९५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि र १ लाख ५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको २८ करोड ७० लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मन्त्रिपरिषद् बैठक संसद्को अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

कालंगा हाइड्रोले जेठ ८ देखि आइपिओ बिक्री गर्ने

विद्यार्थीले गुरूबाट सिकून्ः प्रधानमन्त्री बालेन

रोशीखोलाको बाढीमा फसेका ८९ जनाको उद्दार

विश्वकप लिग-२ : आज ओमानलाई जित्नै पर्ने दबाबमा नेपाल

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

यो पनि पढ्नुहोस