ट्राफिक कारबाहीबाट छ लाख ४१ हजार राजस्व सङ्कलन

बैशाख २३, २०८३

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १३८, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार हजार १२५ जनालाई कारबाही गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

सुनचाँदीको मूल्यवृद्धि

आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

ट्राफिक कारबाहीबाट छ लाख ४१ हजार राजस्व सङ्कलन

मन्त्रिपरिषद् बैठक संसद्को अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

कालंगा हाइड्रोले जेठ ८ देखि आइपिओ बिक्री गर्ने

यो पनि पढ्नुहोस