आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना
राष्ट्रिय समाचार समिति

बैशाख २३, २०८३

काठमाडौँ। हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

यसको प्रभाव रहँदा हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको केही स्थान मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति