काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्वासी बस्तीमाथि बर्बरतापूर्वक हमला गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित ‘नेपालमा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको अवस्थाः डोजर आतंक र सुकुम्वासी पीडा’ विषयक कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् ।
सभापति थापाले पार्टीका संघीय तथा प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरूलाई सरकारको बर्बरताविरुद्ध प्रतिवाद गर्न सचेत गराए । सरकारले सुकुम्वासी बस्तीमा बर्बरता देखाएर पनि कम्फरटेबल फिल गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको बताए ।
थापाले सरकारले बल प्रयोग गर्दा नागरिकका पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1