रोटरी क्लब अफ स्वयम्भूद्वारा धादिङको बहिरा विद्यालयलाई खाद्यान्न सहयोग

बैशाख २६, २०८३

धादिङ । रोटरी क्लब अफ स्वयम्भूले धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

क्लबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि करिब ५१ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा खाध्य सामाग्री हस्तान्तरण गरेको हो।
क्लबका वर्ष २०२५/२६ का अध्यक्ष विनोद बाबु वाग्ले र निवर्तमान अध्यक्ष नरेन्द्र छत्कुली सहितको टोलीले विद्यालयमै पुगेर चामल, तेल, तरकारी लगायतका दैनिक उपभोग्य वस्तुहरू विद्यालयका प्रधानाध्यापक राम प्रसाद अधिकारी तथा विद्यालय परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । हाल यस विद्यालयमा ४५ जना बालबालिकाहरू अध्ययनरत छन्, जसको दैनिक खाद्यान्न व्यवस्थापनमा यो सहयोगले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष विनोद बाबु वाग्लेले मानवीय आवश्यकता र सामाजिक सेवाको पवित्र भावनाका साथ यो कार्य गरिएको बताउनुभयो । रोटरी क्लब अफ स्वयम्भूले विगत लामो समयदेखि गोरखा र धादिङ जिल्लाका विभिन्न दुर्गम तथा विपन्न क्षेत्रहरूमा पुगेर स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ । आगामी दिनहरूमा पनि यस्ता मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता क्लबले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रोटरी क्लब अफ स्वयम्भूद्वारा धादिङको बहिरा विद्यालयलाई खाद्यान्न सहयोग

अमेरिकालाई तीन विकेटले पराजित गर्दै नेपाल ‘ए’को लगातार दोस्रो जित

बर्बरतापूर्वक हमलाको प्रतिवादमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई गगनको निर्देशन

अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्त्व बढ्दै गएको छ : सभामुख अर्याल

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

आहा अर्मके झरना !

यो पनि पढ्नुहोस