बार्सिलोनाले २९ औं पटक जित्यो लालिगाको उपाधि

बैशाख २८, २०८३

स्पेनिस लालिगाको उपाधि बार्सिलोनाले जितेको छ। चिरप्रतिद्वन्द्वी रियललाई घरेलु मैदानमा हराउँदै बार्सिलोनाले सिजनमा तीन खेल बाँकी रहँदै आफ्नो २९औँ उपाधि कब्जा गरेको हो।

इंग्ल्यान्डका फरवार्ड मार्कुस रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाउने क्रममा ९ औं मिनेटमा शानदार फ्रिकीक गोल गरेका थिए। रियललाई २-० ले हराउने क्रममा फेरान टोरेसले उत्कृष्ट फिनिसमार्फत १८ औं मिनेटमा दोस्रो गोल थपे। त्यसपछि पहिलो तथा दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन्। जितसागै हान्सी फ्लिकको टोलीले नोउ क्याम्पमा भएको एल क्लासिकोमा सहज जित सहित उपाधि जित्न सफल भयो।

बार्सिलोनाले ला लिगामा लगातार ११ खेल जित्दै सहज रूपमा उपाधि कब्जा गर्योे र उसले प्रतिद्वन्द्वी रियलमाथि १४ अंकको फराकिलो अग्रता बनायो। घरेलु मैदानमा बार्सिलो
नाको उत्कृष्ट प्रदर्शनले उपाधि यात्रामा ठूलो भूमिका खेल्यो। आफ्ना समर्थकमाझ खेलेका १८ मध्ये सबै १८ खेल जित्दै टोलीले प्रभावशाली कीर्तिमान बनायो।

खेलमा रियलका औरेलीयन चुवामेनी टोलीका लागि मैदान उत्रिएका थिए, जबकि केही दिनअघि उनी सहकर्मी फेडेरिसको भाल्भर्डे सँग विवादमा परेका थिए। उक्त घटनामा भाल्भेर्डे घाइते भएपछि यो खेल गुमाउन पुगे।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरुको शिष्टाचार भेटवार्ता

सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

घुस लिएको अभियोगमा मुद्दा दायर

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

स्वामस्थ्यन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

मन्त्रिपरिषद् बैठक:नीति तथा कार्यक्रम स्वीकृत

बार्सिलोनाले २९ औं पटक जित्यो लालिगाको उपाधि

यो पनि पढ्नुहोस