धादिङको बैरेनीमा तीन सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

बैशाख २९, २०८३

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् ।

सडकमा रोकिराखेको ट्रकलाई पछाडिबाट आएको दुईवटा बसले लगातार ठक्क दिएको हो । सडकमा रोकिराखेको बा. प्र. ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । सोही समयमा पछाडिबाट वीरगञ्ज जाँदै गरेको बा. प्र. ०१-००६ ख ६७१६ नम्बरको अर्को बसले समेत ठक्कर दिँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये २८ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङक प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभएको छ । बाँकी ६ जनालाई पनि स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं नै रिफर गरिएको उहाँले जानकारी दिनुभयो । प्राथमिक उपचार पश्चात् ३ जना घाइतेहरू डिस्चार्ज भइसकेका छन् ।

दुर्घटनामा संलग्न बा. प्र. ०१-००६ ख ७४९९ नम्बरका बस चालक पर्वत जिल्ला कुश्मा नगरपालिका–२ बस्ने ३२ वर्षीय शिव थापा, बा. प्र. ०१-००६ ख ६७१६ नम्बरका बस चालक ललितपुर उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय पुरुषोत्तम तिमल्सिना शर्मा र बा. प्र. ०३-००१-००६ ख २०५६ नम्बरका ट्रक चालक रौतहट जिल्ला गुजरा नगरपालिका–२ बस्ने २८ वर्षीय प्रमोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जनप्रतिनिधिका आवाज र प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छः नेता आङ्देम्बे

शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण

प्रधानमन्त्री सदनबाट बाहिरिनुभएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ

सरकारलाई आयोगले बुझायो ‘मानवअधिकारका विषयहरू’

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रतिनिधिसभा बैठक बस्दै

यो पनि पढ्नुहोस