ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
सम्बाददाता

बैशाख ३०, २०८३

गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ।

ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युटुव च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा लोकप्रिय सर्जक दिपक शर्माको शव्द र संगीत रहेको छ। अनामनगरिस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ।

म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन्।

भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सकायक कोरियोग्राफर नविन पौडेल रहेका छन्।

लोक पप, आधुनिक र र्याप गीत गाउदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो। उनका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसम लगायत गीत चर्चामा छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

लागूऔषधसहित १४ जना पक्राउ

छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

यो पनि पढ्नुहोस
सम्बाददाता