काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ ।
केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्याङ्क अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि सङ्कलन आरम्भ गरेको हो । केन्द्रका निर्देशक माधवप्रसाद पोख्रेलले सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाइसँग सम्बन्धित हालसम्मको तथ्याङ्कको विवरण प्रविष्ट गरी अद्यावधिक गर्न
पत्राचार गरिएको जनाउनुभयो ।
मन्त्रालयबाट प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार मुलुकभर दुई हजार १५१ सामुदायिक सिकाइ केन्द्र, १२१ खुला विद्यालय र १७१ अनौपचारिक विद्यालय रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0