काठमाण्डौबाट नृसिंहधाम आउजाउ गर्न छुट्टै गाडी !

जेष्ठ २, २०८३

धादिङ । नृसिंहधाममा सुरु भएको एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा जाने भक्तजनहरुलाई मध्यनजर गर्दै धादिङ मण्डली यातायात प्रा.लि.र ग्रामिण यातायात प्रा.लि.ले छुट्टै बस सेवा संचालनमा ल्याएको छ ।

विशेषगरी काठमाण्डौबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृर्सिहधामसम्म पुग्ने भक्तालुहरुलाई सहजताको लागि दैनिक एउटा बस छुट्टै संचालनमा ल्याएको हो ।

काठमाडौबाट हरेक दिन विहान ९ः३० बजे काठमाण्डौको गोंगबु नयाँ बसपार्कबाट बस छुट्ने समय तोकेको छ । बसले सिधै नृर्सिहधामसम्म पु¥याउनेछ । नृसिंहधामबाट अपह्रान्न ४ः३० बजे छुट्नेछ । व्यवसायीहरुका अनुसार बस चढ्नेहरुले बस भाडा भने तिर्नुपर्नेछ ।

नृसिंहधाममा जेठ १ गतेदेखि एक महिने पुरुषोत्तम महामहोत्सव सुरु भएको छ । महोत्सवमा देशका विभिन्न भागबाट १५ लाख श्रद्धालुहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

काठमाण्डौबाट नृसिंहधाम आउजाउ गर्न छुट्टै गाडी !

तरकारी व्यवसायबाटै सन्तोषको सुखद् सफलता

आहाः ‘स्केटिङ’मा गुड्दा क्या मज्जा !

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस