धादिङ । मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा धादिङले आगलागीबाट पीडित बनेका जिवन थापाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गत चैत्र २४ गते राति अचानक भएको भीषण आगलागीका कारण घरगोठ, अन्नपात, लत्ताकपडा र पशुचौपाया सबै एकैपटक गुमाएर बिचल्लीमा परेका त्रिपुरासुन्दरी–३, ओडारेका थापा परिवारलाई फाउण्डेशनको संयोजनमा संकलन गरिएको रु. १ लाख ६० हजार २ सय नगद सहयोग रकम हस्तान्तरण गरिएको हो ।
पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाहरुबाट संकलन भएको नगद मदन भण्डारी फाउण्डेशन धादिङका अध्यक्ष उमेश कुमार थापाको नेतृत्वमा उनको घरमै पुगेर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटी वडा नम्बर ३ का वडा अध्यक्ष भिम कुमार थापा र वडा अध्यक्ष कमल बहादुर थापालगायत उपस्थित थिए ।
सहयोग संकलन अभियानलाई तीव्रता दिन नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष एवं समाजसेवी रमेश कुमार वस्ती तथा समाजसेवी ज्ञानेन्द्र कुमार थापाले विशेष भूमिका निर्वाह गरेका थिए ।
मदन भण्डारी फाउण्डेशन राजनीतिक वैचारिक बहस गर्ने संस्था मात्र नभएर देश र जनतालाई संकट पर्दा अग्रपंक्तिमा उभिने जुझारु सामाजिक संस्था हो । यसअघि देशमा आइलागेको विनाशकारी महाभूकम्प र विश्वव्यापी रूपमा फैलाएको कोरोना महामारीका बेला पनि फाउण्डेशनले सिङ्गो धादिङ जिल्लाभरि सहयोगी काम र राहत वितरण गरेर जनस्तरमा ठूलो गुन लगाएको फाउण्डेशनका अध्यक्ष थापाले बताए । यस्ता हरेक संकट र सामाजिक कार्यहरूमा फाउण्डेशनका धादिङ अध्यक्ष उमेश कुमार थापाको भूमिका सधैं अग्रणी पङ्क्तिमा रहँदै आएको छ ।
राहत हस्तान्तरणका क्रममा बोल्दै उपस्थित जनप्रतिनिधि र नेताहरूले जनतालाई संकट र दुःख पर्दा नेकपा (एमाले) र यससँग जोडिएका संस्थाहरू सधैं साथमा रहन्छन् भन्ने कुरा यो गतिविधिले प्रमाणित गरेको बताए । आगलागीबाट सर्वस्व गुमाएका थापा परिवारलाई यो सहयोगले पुनस्र्थापनामा ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।
सहयोग दाताहरु
१– श्रीराम अधिकारी, फुलखर्क
२– लिला बहादुर बिष्ठ, ज्यामरूङ
४– जय माता देवि ज्वेलर्स÷राज कुमार बि.क., मार्पाक
५– अंम्बिर बांनिया, कुरिण्डे
६– मनिशा अधिकारी, मुलाबारी
७– नकुल लामिछाने, लपाङ (हाल ईजरायल)
–८ बिनोद थापा खहर, गैरीगाउँ (हाल अमेरिका)
९– बिनय अधिकारी, लपाङ
१० अशोक अधिकारी, मुलपानी पोखरा
११– शाजन थापा, लपाङ
१२– बुर्बसिहँ थापा, मुर्चोक
१३– राज कुमार थापा, मुलाबारी
१४– कबिता थापा, मुर्चोक
१५) शिरिष बस्नेतखन्नेचौर
१६– कपिल अधिकारी, बैरेनी मांसटार
१७– कुमार थापा, मुर्चोकबेशी
१८– रबिन्द्र अधिकारी, कुरिण्जे
१९– मदन थापा मुलाबारी, हाल स्पेन
२०– दर्शन बाबु थापा, मुर्चोक
२१– रामकाजी बरै मगर, मुलाबारी
२२– प्रकाश÷लक्ष्मी अधिकारी
२३– चरी फाउण्डेशन, खहरे
२४– माधब पौडयाल, मुलाबारी
२५– शुमन थापा, गौरीगाउँ
२६– अश्बिन थापा, मुर्चोक
२७– दिनेश रूवाली, ठुलोबेशी
२८– किरण अधिकारी, पोखरा
२९– एनजे गौली, खहरे
३०– शन्तोश पन्त सल्यानटार
३१– समाज सेवि, धुर्ब अधिकारी
३२– ज्ञानेन्द्र थापा, मुलाबारी
३३– दिपज्योती आवसिय मा.बि, गोगंबु नयाँबसपार्क
३४– मोति अधिकारी, पोखरा
३५– बद्री बांनिया, कुरिण्डे
३६– शिब अधिकारी, पोखरा
३७– शहयात्री समाज, धादिङ
३८– शरिता गुरूङ, बुढाथुम
३९– गोकुल अधिकारी, लपाङ