काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ६० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३९० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0