सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

जेष्ठ ३, २०८३

काठमाडौँ। सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले आज बिहान सशस्त्र प्रहरी सङ्गठनका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सहायक हवल्दार कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राख्नुभएको हो ।
सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुनुहुन्छ । सङ्गठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
इलामको सन्दकपुर गाउँपालिका माबु निवासी शेर्पा र राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछापको गोकुलगङ्गा गाउँपालिका(१, चुचुरे निवासी कार्कीले पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गर्नुभएको थियो ।
उहाँहरूले यसअघि मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे
सफल आरोहण गरिसक्नुभएको छ । यस ऐतिहासिक सफलताले सङ्गठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन

मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

आज पनि घट्यो सुनचाँदीको मूल्य

आगलागी पीडित परिवारलाई मदन भण्डारी फाउण्डेशनद्धारा सहयोग हस्तान्तरण

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

यो पनि पढ्नुहोस