सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

राष्ट्रिय समाचार समिति

जेठ ४, २०८३

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । साथै आर्थिक वर्ष २०८३ र ८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल प्रारम्भ हुने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३ र ८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

बाढीसँगै बग्यो स्याउलीबजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति