संसद्मा गंगादेवीको गर्जनः ‘ग्रेटर नेपालको नक्सा खै ? मन्त्रीहरूको सुनको बिल सार्वजनिक गरियोस्’
सम्झना श्रेष्ठ

जेठ ४, २०८३

धादिङ । धादिङबाट प्रतिनिधित्व गरेकी प्रतिनिधिसभा सदस्य गंगादेवी श्रेष्ठले संसदमा सरकारको राष्ट्रियता, परराष्ट्र नीति र सुशासनको नारामाथि तीव्र असन्तुष्टि जनाएकी छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्नहरूको वर्षा गरेकी हुन् । प्रधानमन्त्रीलाई विगतको प्रसङ्ग स्मरण गराउँदै काठमाडौँ महानगरपालिकामा राखिएको ‘ग्रेटर नेपाल’ को नक्सा अहिले कहाँ हरायो भनी प्रश्न गर्दै भनिन्–‘सम्मानीय प्रधानमन्त्रीज्यू मेयर हुदाँ राखिएको ग्रेटर नेपालको नक्सा अहिले खै ?’

सरकारका समर्थकहरूले सामाजिक सञ्जाल फेसबुकमा बचाउ गर्दैमा जनताले नपत्याउने भन्दै सांसद गंगादेवीले सीमा र राष्ट्रियताका सवालमा अहिलेसम्म के–कस्ता कूटनीतिक पहलहरूबारे सरकारसँग जवाफ माग गरेकी छन् । ‘अहिले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छ ? समर्थकले फेसबुकमा लेखेको भरमा जनताले पत्याइदिनु पर्ने हो कि कूटनीतिक पहल पनि केहि भएको छ ? मुस्ताङको युरोनियम खानी कसैलाई दिएको भन्ने हल्ला के हो ? आम जनताले थाहा पाउनु प¥यो ? सगरमाथामा विदेशी शेना राख्ने कुरो के हो ? यो जनतालाई सैय हुने छैन’, सांसद श्रेष्ठले प्रश्न गरिन् ।

भ्रष्टाचारको विरोध गरेर उदाएको वर्तमान सरकारका मन्त्रीहरू नै अचेल अस्वाभाविक सम्पत्ति र सुनका कारण विवादमा तानिएकोप्रति प्रश्न उठाउँदै सांसद श्रेष्ठले भनिन्–‘सरकारमको मन्त्रीहरुको त्यत्रो धेरै सुन कहाँबाट आयो ? बिल पनि सार्वजानिक गरियोस् ? बिल बिना किनबेच हुदैन ? सुशासन र पारदर्शिता आफैबाट सुरु गर्न सक्नुहोस् ?’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
सम्झना श्रेष्ठ