सर्वोच्च प्रशासनको कदमविरुद्ध लालटिन बालेर प्रदर्शन गर्दै कानुन व्यवसायी
सम्बाददाता

जेष्ठ ५, २०८३

काठमाडौ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ।

सर्वोच्च अदालत प्रशासनले दर्ताका लागि आएको निवेदनलाई अस्वीकार गरेको विरोधमा बारले दिउँसो सवा १ बजे लालटिन बालेर सांकेतिक प्रदर्शन गर्न लागेको हो।

बारका प्रवक्ता एवं महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाका अनुसार लालटिन बालेर प्रशासनको अनपेक्षित क्रियाकलापको विरोध गरिनुका साथै न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गरिनेछ।

बारले सर्वोच्च अदालतमा परेको दरपीठ उपरको निवेदनलाई बिना कुनै कारण दर्ता नगरी राख्नुलाई प्रशासनको क्षेत्राधिकार बाहिरको काम र न्याय मार्गमा उत्पन्न अवरोधका रूपमा ठहर गरेको छ।

न्याय प्रशासनको अन्तिम जिम्मेवारी सम्हाल्ने कायममुकायम कामु प्रधानन्यायाधीशको आदेशलाई समेत पालना नगर्ने प्रशासनको यो रवैया असाधारण र अप्राकृतिक भएको बारको भनाइ छ। यस प्रकारको कदम विस्मृतिमा नजाने ऐतिहासिक भूल भएको र यसमा प्रचलित कानुन आकर्षित हुने स्पष्ट धारणा बारले सार्वजनिक गरेको छ।

यसैबीच, सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाका विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले बोलेको विषयप्रति पनि बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विचाराधीन मुद्दामा संसद्‌मा विचार राखिनु दुःखद् भएको ठहर गर्दै बारले ती मन्तव्यहरूलाई संसदीय अभिलेखबाट हटाउन माग गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
सम्बाददाता