राजस्थानको प्लेअफ सम्भावना कायम
सम्बाददाता

जेठ ६, २०८३

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

मंगलबार जयपुरस्थित सवाई मानसिंह रंगशालमा लखनउले प्रस्तुत गरेको २२१ रनको लक्ष्य घरेलु टोली राजस्थानले पाँच बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानका वैभव सूर्यवंशीले ९३ रनको उत्कृष्ट इनिङ खेले । उनले ३८ बलमा १० छक्का र सात चौका प्रहार गरे ।

धुव्र जुरेल ५३ रनमा अविजित रहे । उनले ३८ बलमा समान तीन चौका र छक्का प्रहार गरे । कप्तान यशस्वी जैसवालले ४६ र डोनोभान फरेराले अविजित १६ रन जोडे ।

सूर्यवंशीले दोस्रो विकेटका लागि जुरेलसँग १०५ रनको शतकीय र पहिलो विकेटका लागि जैसवालसँग ७५ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

लखनउका लागि आकाश सिंह र मोहसिन खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२० रनको योगफल खडा गरेको थियो ।

लखनउका मिचेल मार्शले ९६ रनको उत्कृष्ट इनिङ खेले । उनले ५७ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे ।

जोस इंग्लिसले ६० रन जोडे । उनले २९ बलमा सात चौका र तीन छक्का प्रहार गरे । कप्तान ऋषभ पन्तले ३५ र निकोलस पुरनले १६ रन बनाए ।

पहिलो विकेटका लागि मार्श र इंग्लिसबीच १०९ रनको शतकीय साझेदारी भएको थियो । चौथो विकेटका निम्ति मार्श र पन्तले ६४ रनको अर्धशतकिय साझेदारी गरेका थिए ।

राजस्थानका यशराज पुञ्जले दुई र जोफ्रा आर्चरले एक विकेट लिए ।

जितसँगै १३ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको राजस्थानले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ । पराजित लखनउ समान खेलबाट आठ अंकका साथ पुछारमा छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
सम्बाददाता