प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न  माग
राष्ट्रिय समाचार समिति

जेष्ठ ७, २०८३

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद ऐन महरले बझाङको सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर गम्भीर बिरामी परेका २२ वर्षीय प्रेम बोहराको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा समय लिएर उहाँले भन्नुभयो, “बिरामीलाई त्यस क्षेत्रबाट बोकेर ल्याउने अवस्था छैन, तत्काल ज्यान जाने खतरा छ, उहाँको तुरुन्त उद्धार गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
बझाङको सुर्मा गाउँपालिका-१, का बोहरा केही दिन अघि सोही गाउँपालिकाको पाँच हजार मिटर माथिको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न जानुभएको थियो । उहाँ आज लेक लागेर गम्भीर बिरामी हुनुभएको सांसद महरले जानकारी दिनुभयो ।
क्यान्सरको औषधि अभाव
बैठकमा कांग्रेस सांसद गङ्गालक्ष्मी अवालले क्यान्सर बिरामीको उपचारमा आवश्यक कार्गोप्लाटिन औषधिको देशभर अभाव भइरहेको र बिरामीलाई उपचार नगरी घर फर्काउने गरेको दृष्टान्त सुनाउँदै यथाशीघ्र सो औषधि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रधानमन्त्री भेटन गएका सभामुखि रित्तै फकिए

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न  माग

प्रतिनिधिसभाः सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति