त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
राष्ट्रिय समाचार समिति

जेष्ठ ७, २०८३

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ ।
नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लगिएको हो । विश्वविद्यालयको कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन  गर्दै  उपकुलपति प्रा डा सुशील बज्राचार्यले सो जानकारी दिनुभएको हो । कक्षामा हुने पठनपाठनलाई एकोहोरो पढाउने शैलीबाट मुक्त गरी अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको उहाँले बताउनुभयो ।
“पछि क्रमशः सबै कक्षाहरुलाई स्मार्ट प्रविधि प्रयोग गर्दै स्मार्ट कक्षामा परिणत गर्दै लगिने छ”, उहाँले भन्नुभयो  । यसले पठनपाठन र समग्र शैक्षिक नतिजाकै सुधारमा ठूलो मद्दत हुने उहाँको भनाइ छ । इन्यिनियरिङ अध्ययन संस्थानमा लामो समय प्राध्यापन गर्नुभएका उपकुलपति बज्राचार्यले त्यहाँ स्मार्ट प्रविधिको प्रयोग निकैअघि देखि भएको जानकारी दिँदै त्यसको अनुभवका आधारमा सबै क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्न खोजिएको बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रधानमन्त्री भेटन गएका सभामुखि रित्तै फकिए

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न  माग

प्रतिनिधिसभाः सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति