प्रधानमन्त्री भेटन गएका सभामुखि रित्तै फकिए
पाविलन्युज

जेष्ठ ७, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न गएका सभामुख डोलप्रसाद अर्याल रित्तो हात फर्किएका छन्। संसदमा प्रधानमन्त्रीले नियमावलीअनुसार प्रश्नोत्तर गर्नुपर्ने माग राख्दै विपक्षी दलहरुले सदन अवरोध गरेपछि शाहलाई अवस्थाको जानकारी दिँदै सदनमा उपस्थितिका लागि आग्रह गर्न गएका सभामुख अर्याल सकारात्मक जवाफ नपाए फर्किएका छन्।

विपक्षी दलहरुले नियमावलीको नियम ५६ अनुसार महिनाको पहिलो हप्ता प्रश्नोत्तर गर्नुपर्ने माग राख्दै बुधबार बसेको संसद बैठक अवरोध गरेका थिए।

सरकारको नीति तथा कार्यक्रमको छलफल तथा जवाफमा समेत संसदमा उपस्थित नभएका शाह त्यसपछि सदन छल्दै आएका छन्।

त्यसप्रति विपक्षी दलहरुले आपत्ति जनाउँदै सभामखुको भूमिकामा समेत प्रश्न उठाएपछि शाहलाई सदनमा आउन भन्न गएका थिए। संसद १५ मिनेटका लागि स्थगित गरेर सिंहदरबारभित्रै रहेका शाहलाई भेट्न गएका पनि सकारात्मक जवाफ नभएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए।
नियम ५६ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ।’ यस व्यवस्थाअनुसार १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था छ।

यसअघि नीति कार्यक्रमको छलफल तथा जवाफमा अनुपस्थित भएका प्रधानमन्त्री वालेन्द्र शाहले संसद बैठकलाई बेवास्ता गर्दै आएका छन्।

बुधबार उनका तर्फबाट कानुनमन्त्री सोविता गौतमले विज्ञान प्रविधि तथा नवप्रबर्दन मन्त्रालयसँग सम्बन्धित विषय प्रस्ताव पेश गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि विपक्षी दलहरु एमाले, नेकपा, श्रम संस्कृत र राप्रपाले विरोध जनाएका थिए। विपक्षी दलहरुले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर टुंगो नलागेसम्म सदन चल्न नदिने तयारी गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रधानमन्त्री भेटन गएका सभामुखि रित्तै फकिए

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न  माग

प्रतिनिधिसभाः सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

यो पनि पढ्नुहोस
पाविलन्युज