पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
राष्ट्रिय समाचार समिति

जेठ ८, २०८३

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ । पूर्वप्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबैभन्दा चुनौतीपूर्ण समयमा यो पुस्तक सिर्जना गर्नुभएको हो ।
जेनजी आन्दोलनले तत्कालीन सरकारलाई विस्थापित गरेपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहँदा राष्ट्र अनिश्चितताको भूमरीमा परेको बेलामा आफ्नो कल्पनाशीलता र सिर्जनशीलता कायम राख्दै बालमनोविज्ञानलाई केन्द्रमा राखेर यो कृति लेखेको उहाँले बताउनुभयो । नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्कीले आफ्ना नातिलाई समर्पित गर्नुभएको यस पुस्तकले अपार प्रेम, आशा र सकारात्मकताको सन्देश दिन्छ ।
चराचुरुङ्गी र जनावरहरूबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको छ । कौतुहल र मनोरञ्जनले भरिपूर्ण भएकाले कथावस्तु रोचक बनेको छ । पूर्वप्रधानमन्त्री कार्कीका दुई कृति ‘न्याय’ (संस्मरण) र ‘कारा’ (उपन्यास) नेपाली भाषामा यसअघि बजारमा आइसकेका छन् ।  उहाँ ‘लैङ्गिक समानता’ र ‘महिलावाद’ (नारीवाद)को लेखक पनि हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री कार्कीले पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि उपहार रूपमा आएको बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति