धादिङ। थाक्रे गाउँपालिका–७ राम्चेमा ढुंगाले च्यापिएर ट्रिपर चालकको मृत्यु भएको छ । ढुंगाखानीमा ढुंगा लोड गर्न गएको ट्रिपरमाथी ढुंगा खस्दा ट्रिपरभित्रै च्यापिर चालकको मृत्यु भएको हो ।
बज्रकाली ढुंगा रोडा उद्योगमा ढुंगा लोड गर्न गएको बा५ख ८५८० नम्बरको ट्रिपरमाथी ढुंगा खस्दा सोही ट्रिपरका चालक थाक्रे गाउँपालिका–७ का दिपेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकास दाहालले जानकारी दिनुभयो ।
ढुंगा खानी संचालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । खानी संचालक र मृतकका आफन्तसहित स्थानीयहरुले इलाका प्रहरी कार्यालयमा छलफल गरिरहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
3%
😊
खुशी
97%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 73