मासिक कार्यसम्पादनमा धादिङ प्रहरी देशभरमै पहिलो
पाविलन्युज

जेष्ठ ८, २०८३

धादिङ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ देशभरमै पहिलो भएको छ ।
प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा रहेका देशभरका १५ वटा पहाडी जिल्लाका प्रहरी कार्यालयहरूमध्ये बैशाख महिनाको मासिक मुल्याङ्कनमा धादिङ प्रहरी उत्कृष्ट बनेको हो ।
प्रशासनिक सुधार र कार्यालय अभिलेख व्यवस्थापन, अपराध न्यूनीकरण, आपराधिक घटनाको पहिचान, अवैध एवं गैरकानूनी सामग्रीहरू बरामद र पुराना मुद्दाहरूको अनुसन्धानलगायतमा देखाएको सक्रियताले धादिङ प्रहरी उत्कृष्ट बनेको प्रहरी नायव उपरिक्षक प्रकास दाहालले जानकारी दिनुभयो ।
राजमार्गको संवेदनशीलतालाई मध्यनजर गर्दै सडक तथा सवारी सुरक्षामा देखाएको सक्रियता तथा अवैध एवं गैरकानूनी सामग्रीहरू बरामद गर्ने कार्यमा पनि जिल्ला प्रहरी कार्यालय धादिङले उत्कृष्ट कार्य गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले पछिल्लो समय समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकसँगको समन्वयलाई बढाउँदै सामाजिक विकृति र विसङ्गतिविरुद्ध चालेका कदमहरूले पनि स्थानीय स्तरमा सकारात्मक प्रभाव पारेका छन् ।
प्रहरी प्रधान कार्यालयले हरेक महिना गर्ने यस्तो मूल्याङ्कनले समग्र प्रहरी संगठनभित्रको स्वस्थ प्रतिस्पर्धा गराउने र नागरिकको सेवा प्रवाह र शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको छ ।
विगतका तथ्यहरूलाई हेर्दा यस्तो मूल्याङ्कन प्रणालीले प्रहरी कर्मचारीहरूमा जिम्मेवारीबोध गराएको र कार्यदक्षता बढाउन सधैँ सकारात्मक ऊर्जा थपेको प्रहरी उपरिक्षक सुमित खड्काले बताउनुभयो । कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान प्राप्त गरेसँगै आगामी दिनमा नागरिकको सुरक्षा र सेवामा अझ बढी जिम्मेवार र प्रतिबद्ध भएर लाग्न थप ऊर्जा मिलेको उहाँको भनाइ छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

मासिक कार्यसम्पादनमा धादिङ प्रहरी देशभरमै पहिलो

वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ

ढुंगाखानीमा ढुंगाले च्यापिएर ट्रिपर चालकको मृत्यु

क्यान्सरको प्रभावकारी उपचारमा किष्ट र मेदान्ताबीच सहकार्य

टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित

पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै

यो पनि पढ्नुहोस
पाविलन्युज