धादिङबेसी साङ्कोष जोड्ने थोपलखोलाको पुल अझै अलपत्र
गंगा सुनार

जेष्ठ ९, २०८३

धादिङ । नीलठण्क नगरपालिका–३, गेणशटोलबाट नीलकण्ठ–१२, साङ्कोष जोड्ने पुलको निर्माण कार्य यस वर्ष पनि अलपत्र बनेको छ ।
पाँच वर्षअघिबाट निर्माण सुरु भएको पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो ।
ठेकेदारले पटक पटक ठेक्काको म्याद थप गरिसकेको भएपनि अझै सम्पन्न नगरी अलपत्र अवस्थामा राखेको स्थानीयहरुले गुनासो गरेका छन् ।
संगै रहेको झोलुङ्गे पुल जीर्ण बनेर यात्रा जोखिमपूर्ण भएपनि मोटरेबल पुल निर्माण सम्पन्न नहुँदा स्थानीयहरु त्यही जोखिमपूर्ण पुलबाट थात्रा गर्न बाध्य छन् । पुल बनेपछि सुरक्षित यात्रा गर्न पाइने आशामा रहेका स्थानीय निराश बनिसकेका छन् ।
ठेकेदारले हरेक आर्थिक वर्षको अन्तिममा काम थाल्ने र ठेक्का सार्ने गरिरहेको नीलकण्ठ नगरपालिका–१२ का अध्यक्ष धर्मराज भण्डारी (राजकुमार)ले बताउनुभयो । यो वर्ष पनि निर्माणको काम सम्पन्न नभएमा ठेकेदार कम्पनीलाई कारबाही प्रकृया अघि बढाइने अध्यक्ष भण्डारीको भनाई छ ।
यो धादिङबेसी, साङ्कोष, तिप्लिङ सडक खण्ड हुँदै उत्तरी धादिङलाई सदरमुकामसँग जोड्ने मुख्य लाइफलाइन बन्न सक्ने पुल हो । पुल निर्माण सम्पन्न भएपछि विद्यार्थीहरुलाई विद्यालय/कलेज आउन र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज हुने स्थानीय नारायणप्रसाद लम्सालले बताउनु भयो ।
पुल निर्माण भएपछि साङ्कोषबाट धादिङबेसी आउन र धादिङबेसीबाट ग्रामीण क्षेत्रतर्फ जान सहज हुने स्थानीय व्यवसायी शिवप्रसाद खतीवडाको भनाई छ । पुन निर्माणपछि साङ्कोष घुम्न आउजाउ गर्नेहरुको आन्तरिक चहलपहल बढ्ने र त्इस क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने सुरेन्द्र प्रसाद कटुवाल बताउनुभयो । स्थानीयबासीले पुल समयमै सम्पन्न गर्न सम्बन्धित निकायसगैं आग्रह गरेको छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङबेसी साङ्कोष जोड्ने थोपलखोलाको पुल अझै अलपत्र

यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

कस्तो छ आजको मौसम ?

शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

मासिक कार्यसम्पादनमा धादिङ प्रहरी देशभरमै पहिलो

वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ

ढुंगाखानीमा ढुंगाले च्यापिएर ट्रिपर चालकको मृत्यु

यो पनि पढ्नुहोस
गंगा सुनार