काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९२ हजार ८०० तय भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0