विदाको दुई दिनमा चार लाख भक्तजन पुगे नृसिंहधाम
गंगा सुनार

जेठ ११, २०८३

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, नृसिंहधाममा सुरु भएको पुरुषोत्तम महामहोत्सव दुई दिनमा चार लाख भक्तजनले दर्शन गरेका छन् ।

शनिबार करिब दुई लाख ५० हजार र आइतबार एक लाख ५० हजार भक्तजनले नृसिंहधामको दर्शन गरेका हुन् ।
विशेषगरी काठमाडौँ, पोखरा, चितवन, गोरखा लगायतका जिल्लाहरुबाट भक्तजनको उपस्थिति बढिरहेको श्रीवास कृष्ण दास ब्रम्हचार्यले जानकारी दिनुभयो ।

नृसिंहधाम  पुगेर भक्तजनहरुले बुढीगण्डकी र नेत्रवाती नदीको संगमस्थलमा स्नान गर्ने, पुजापाठ गर्ने र गोत्राअनुसार कुण्डमा छुट्टाछुटै हवन गर्ने गर्दछन् । श्रदालुहरुले आफ्नो पितृहरुको सम्झनामा दीपदान र हवन कार्य गरिरहेको छन् ।

No data was found


महामहोत्सवमा भक्तजनहरुको भीड अत्याधिक बढिरहेकोले आयोजकलाई व्यवस्थापनमा समेत हम्मेहम्मे पर्ने गरेको छ । अन्य दिनमा भन्दा विदाको दिनमा भक्तजनको उपस्थिति अत्याधिक बढेपछि आयोजकले विभिन्न निकायहरुसंग सहयोग मागेर व्यवस्थापनलाई चुस्त बनाइरहेको छ ।
धामको दर्शनमा निस्कदा खानेकुराको वैकल्पिक व्यवस्था गर्न र सुरक्षाको दृष्टीबाट सहज रहन आग्रह पनि गरिरहेको छ ।
पुरुषोत्तम महिनाको यो समयमा दान र पूजा गर्दा पुण्य मिल्ने विश्वास गरिन्छ । वैदिक सनातन शास्त्र अनुसार भगवान नृसिंहदेवको १२ प्रमुख पीठमध्ये नृसिंहधाम एक मानिन्छ । नेपालमै एक मात्र नृसिंहपीठका रुपमा चिनिने यस धाम केही वर्षदेखि देशविदेशमा चर्चामा छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

बाढीले बगाएको सुनका गरगहना लुकाउने एकजना गजुरीबाट पक्राउ

बाढीले बगाएपछिको फुर्केखोला पुल र नदीले कटान गरेको तटीय क्षेत्र (तस्बिरहरु)

माथिल्लो त्रिशूली–१ मा भेटियो ७ जनाको शव

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

यो पनि पढ्नुहोस
गंगा सुनार